Lite Nepal

शुक्रबार, फाल्गुण ०९, २०८१

काठमाडौं । विश्व कप विजेता इटालीका महान पूर्व कप्तान एवम् गोलकिपर ज्यानलुइजी बुफोन नेपाल आउने भएका छन् । केपी ओली कप फुटबल प्रतियोगिताका दौरान उनी नेपाल आउने भएका हुन् । केपी‌ ओली कपको आयोजक नेपाल युवा संघका‌ अध्यक्ष क्षितिज थेवेले कान्तिपुर टेलिभिजनको गुड मर्निङ नेपाल कार्यक्रममा शुक्रवार बिहान बुफोन नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

केपी ओली कपको फागुन‌ १९ गते हुने फाइनलका दौरान बुफोन दशरथ रंगशालामा उपस्थित रहने थेवेले दाबी गरे । त्यसका‌‌ लागि‌ सम्झौता भइसकेको थेवेले जानकारी दिए । त्यसअघि ब्राजिलियन महान खेलाडी मध्येका रोनाल्डिन्हो र रोबर्टो कार्लोसलाई प्रस्ताव राखिएको थेवेले जानकारी दिए। कार्लोस सुरुमा आउनका‌ लागि तयार भएपनि‌ पछि समय नमिलेका कारण रद्द भएको उनले बताए । त्यसपछि बुफोनलाई ल्याउने प्रयास थालिएको उनको भनाइ थियो ।

सन् २००६ को विश्व कप विजेता बुफोन देशका लागि सबै भन्दा बढि अन्तर्राष्ट्रिय फुटबल खेल्ने गोलकिपर हुन् । इटालीबाट ८० खेलमा कप्तानी समेत गरेका उनले कीर्तिमानी १ सय ७६ खेल‌ खेलेका थिए। उनले ५ पटक‌ विश्व कप‌ खेलेका थिए। ४७ वर्षे उनले १० पटकका इटालियन सिरिए जितेका थिए। २ विदेशीसहित ९ टोलीको सहभागितामा केपी ओली कप आइतबार सुरु हुँदैछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं