Lite Nepal

आइतबार, पुष १३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको समानुपातिकतर्फको बन्दसूचीमा ईश्वर पोखरेललाई एक नम्बरमा राख्न उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले सुझाव दिएका छन् ।

च्यासलमा बसेको सचिवालय बैठकमा गुरु बरालको नाम खुला तर्फको एक नम्बरमा ओलीले प्रस्ताव गरेका थिए । तर पार्टीमा एकताको सन्देश दिन पनि ओलीले राखेको प्रस्ताव संशोधन गर्नुपर्ने विष्ट र भट्टराईले तर्क राखेका थिए ।

‘भर्खरै महाधिवेशन सकिएको छ । तपाईंसँग अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएका नेता ईश्वर पोखरेललाई खुलातर्फ एक नम्बरमा राखेर जाऔं, यसले एउटा सन्देश जान्छ,’ भट्टराईको प्रस्ताव थियो । तर मनोनीत र समानुपातिक सूचीमा पटकपटक बस्दै आएका बराललाई अगाडि सारेर जानु राम्रो नहुने पनि उनीहरूले बताएका थिए ।

सुवास नेम्वाङको निधनपछि ओलीले उपाध्यक्ष मनोनीत गरेका बराल एघारौं महधिवेशनमा सोही पदमा उम्मेदवार थिए । तर उनी उपाध्यक्ष र केन्द्रीय सदस्यमा समेत पराजित भए । ओलीले उनै बराललाई एक नम्बरमा प्रस्ताव गरेपछि विष्ट र भट्टराईले संशोधन गर्न सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा