Lite Nepal

सोमबार, पुष २१, २०८२

विराटनगर । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले नेता विनोद ढकालको नाम मोरङका ३ निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । 

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका क्षेत्रीय कमिटीहरूको बैठक आइतबार बसेको थियो । बैठकले सबै निर्वाचन क्षेत्रबाट जम्मा ४३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमा, ढकालको नाम क्षेत्र नं. १, ४ र ६ बाट सिफारिस भएको छ । 

क्षेत्रीय कमिटीहरूले कुनै पनि उम्मेदवारको एकल नाम सिफारिस गर्न भने सकेनन् । क्षेत्रीय कमिटीहरूले ३ देखि १६ जना सम्मको नाम सिफारिस गरेको नेकपा एमाले मोरङले जनाएको छ ।

सिफारिस हुनेहरूमा मोरङ १ बाट कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बु, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी, भूपाल जिमी छन् । यस क्षेत्रबाट १५ जना आकाङ्क्षीले नाम टिपाए पनि क्षेत्रीय कमिटीले ६ जनाको नाम मात्रै राखेर जिल्ला कमिटीलाई पठाएको छ ।

यस्तै २ बाट निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेली नगर प्रमुख दिलिप अग्रवाल र पूर्व राष्ट्रियसभा सदस्य नैनकला ओझा छन् भने, ३ बाट बासुदेव थापा, विजय डाँगी, सुजय गौतम, प्रकाश राई, किशोर राई, प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचा नगर प्रमुख केदारप्रसाद गुरागाई, इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरुङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापा र पूर्व सांसद भानुभक्त ढकालको नाम सिफारिस गरिएको छ ।

४ बाट केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र बस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा र मीना चौधरीको नाम सिफारिस गरिएको छ ।

उता ५ बाट उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव, मझार आलम, दिलसाद आलम र मनोज तिवारीको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको बताइएको छ ।

क्षेत्र नं. ६ बाट भने पूर्व सांसद लालबाबु पण्डित, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी र रिता न्यौपानेको नाम सिफारिस गरिएको छ ।

क्षेत्रीय कमिटीले आइतबार सिफारिस गरी जिल्ला कमिटीलाई नामहरू पठाएको हो । जिल्ला कमिटीले प्रदेश कमिटीलाई र प्रदेशले केन्द्रीय कमिटीलाई नाम पठाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा