Lite Nepal

मंगलबार, पुष २२, २०८२

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनी नसकेको बताएका छन्।

पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकमा सरकार र केही विदेशी शक्तिहरू आफैँ निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गराउने षड्यन्त्र गरिरहेको बताए ।

सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने तथा संसद् पुन:स्थापना हुन नदिने कार्यमा दबाब दिइरहेको उल्लेख गर्दै यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताए ।

‘यस्तो परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त ढंगले अघि बढाउनुपर्छ,’ उनले जोड दिए ।

प्रत्येक तहमा युवाको सक्रिय परिचालन गर्दै टोल–टोलमा नेसनल युथ भोलिन्टियर्स फोर्स गठन गर्नुपर्ने र निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्ने छ, उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा