Lite Nepal

आइतबार, पुष २७, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सलाम भनेका छन् ।

आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने संस्थापनको निर्णयविरुद्ध विशेष महाधिवेशनको नेतृत्व गरेका थापा र शर्माप्रति सम्मान व्यक्त गर्दै भट्टराईले सलाम भनेका हुन् ।

‘हामीले बोल्यौं, केही गर्‍यौं, तपाईंहरूले बोल्नुभयो, हामीभन्दा धेरै गर्नुभयो, सलाम मित्रहरू’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

कांग्रेसको संस्थापन पक्षको धेराबन्दीका बाबजुद थापा शर्माको अगुवाइमा महाधिवेशनका बहुमत प्रतिनिधिको उपस्थितिमा आइतबारबाट कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ ।

जेनजी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएका थापाको यो अगुवाइको चौतर्फी प्रशंसा भइरहेको छ ।

भट्टराईले पनि जेनजी आन्दोलनपछि एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाएका थिए । एमालेले यहीबीच महाधिवेशन गरे पनि केपी ओली नै निर्वाचित भएका छन् ।

एमाले नेता टंक कार्कीले कांग्रेसको विशेष महाधिवेशनलाई समयानुकुल परिवर्तनको रूपमा अर्थ्याएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कांग्रेसले कम्तीमा समयको पदचाप महसुस गर्‍यो । संरचनात्मक सुधार मात्रै किन नहोस् । पुँजीवादीहरू सामन्तवादीभन्दा प्रगतिशील हुन्छन् भनेर त्यसै भनिएको होइन । समयको चाप नबुझ्नेहरू जडभरत नै हुन् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा