काठमाडाैं । मनिस हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समायोजित भएकाे छ ।
प्रचण्ड र माधव नेपालले लिम्बुवान क्रान्तिकारी पार्टीसँग २ बुँदे सहमति गरेर पार्टीमा भित्र्याएका हुन् ।
सहमतीमा लिम्बुवान क्रान्तिकारी पार्टीले उठाउदै आएको लिम्बुवानको मुद्दालाई नेपाली कम्युनिष्ट पार्टीको आन्तरिक जनवादमा छलफल र बहस मार्फत टुङ्गो लगाउने र लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समितिहरुलाई सम्मानका साथ उपर्युक्त ढंगले समायोजन गर्ने उल्लेख छ ।
यस्तै जसपा नेपालका उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम पनि नेपाली कम्युनिस्ट पार्टीमा समायोजित भएकाे छ ।
जसपाको टिमसँग ५ बुँदे सहमती भएकाे छ ।
समायाेजित हुनेहरूलाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले पार्टीमा स्वागत गरे।


