Lite Nepal

सोमबार, पुष २८, २०८२

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि बन्द सूची पेश गरेका दलका उम्मेदवारमध्ये अहिलेसम्म ८५ जनाले नाम फिर्ता लिएका छन् ।

आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा रहेका उम्मेदवारले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारले नै नाम फिर्ताका लागि निवेदन दिन पाउने व्यवस्था भए पनि आयोगमा ४ बजेभित्र छिरिसकेका उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिने क्रम जारी रहेको छ ।

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संयुक्त रूपमा निर्वाचन जाने र जसपाको निर्वाचन चिन्ह छातामा दुवै दलले समानुपातिकतर्फको एकल बन्द सूची पेश गर्नका लागि दुवै दलको नेता अझै आयोगमा छलफलमै रहेका छन् ।

जसपाले पेश गरेको बन्द सूचीबाट नाम फिर्ता लिएर लोसपाका उम्मेदवारको नाम समेट्ने गरी २१ जना जसपाको उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

आयोगका अनुसार अहिलेसम्म सबैभन्दा बढी जसपाबाटै २१ जना उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिएका छन् भने दोस्रोमा जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १२ जनाले बन्द सूचीबाट नाम फिर्ता लिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं