Lite Nepal

मंगलबार, पुष २९, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा विजयी उपमहासचिव योगेश भट्टराई र सदस्यद्धय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबेलाई नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले आज सम्मान गर्ने भएको छ । 

निर्वाचित् भट्टराई, मेन्याङ्बो र थेबेको सम्मानका लागि आज अपराह्न ४ बजे अनामनगर स्थित सिलौटो कटेजमा बधाई तथा शुभकामना कार्यक्रम राखिएको सम्पर्क मञ्चका कोषाध्यक्ष चुडामणी गिरीले जानकारी दिए । 

उनका अनुसार उक्त कार्यक्रममा फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई ताप्लेजुङमा कसरी एमालेमय बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ । 

छलफलमा काठमाडौंमा रहेका ताप्लेजुङका एमाले नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको छ । 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं