Lite Nepal

मंगलबार, पुष २९, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा विजयी उपमहासचिव योगेश भट्टराई र सदस्यद्धय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबेलाई नेकपा एमाले ताप्लेजुङ – काठमाडौं सम्पर्क मञ्चले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ ।

काठमाडौंमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै तीन जनालाई खादा ओढाई मञ्चले सम्मान गरेको हो । उक्त कार्यक्रममा फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङमा एमालेको चुनावी रणनीतिका विषयमा पनि छलफल भएको थियो ।

काठमाडौंमा रहेका ताप्लेजुङका एमाले नेता तथा कार्यकर्ताको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष विद्या पौडेलले गरेका थिए भने सम्मानित तीनै जना नेताले आ–आफ्नो भनाई राखेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं