Lite Nepal

बिहिबार, माघ ०१, २०८२

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विभाजन नभएको दाबी गरेका छन् ।

विशेष महाधिवेशनले नयाँ चयन गरेपछि आफूहरू अद्यावधिक गराउन निर्वाचन आयोग आएको बताए ।

उनले भने, ‘विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरिसकेको अवस्था छ । हामीले आज लिखित र मौखिक रूपमा पनि जानकारी गराएका छौँ ।’

उनले पार्टीले महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेको भन्दै आधिकारिकतामा प्रश्न उठ्ने ठाउँ नै नरहेको बताए ।

सभापति गगन थापाले नवनिर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिकका लागि फायल हस्तान्तरण गर्दै छिटै निरूपणका लागि आयोगसमक्ष आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं