काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विभाजन नभएको दाबी गरेका छन् ।
विशेष महाधिवेशनले नयाँ चयन गरेपछि आफूहरू अद्यावधिक गराउन निर्वाचन आयोग आएको बताए ।
उनले भने, ‘विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गरिसकेको अवस्था छ । हामीले आज लिखित र मौखिक रूपमा पनि जानकारी गराएका छौँ ।’
उनले पार्टीले महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेको भन्दै आधिकारिकतामा प्रश्न उठ्ने ठाउँ नै नरहेको बताए ।
सभापति गगन थापाले नवनिर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिकका लागि फायल हस्तान्तरण गर्दै छिटै निरूपणका लागि आयोगसमक्ष आग्रह गरेका छन् ।
