Lite Nepal

बिहिबार, माघ ०१, २०८२

काठमाडौँ । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगर प्रमुख बालेन साहलाई पछार्ने बताएका छन् ।

धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका साम्पाङले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले भने, ‘हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछराइ पछार्नेछौँ ।’

जति नै भ्रमको अँध्यारो छरे पनि आफू आएर बोलेपछि एक सेकेन्ड पनि भ्रम नटिक्ने उनले दाबी गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको निर्वाचन क्षेत्र हो । यही निर्वाचन क्षेत्रबाट बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं