Lite Nepal

शुक्रबार, माघ ०२, २०८२

काठमाडौं । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको पक्षलाई वैधानिक मान्यता दिने निर्णय गरेको हो।

पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। उक्त महाधिवेशनका निर्णयअनुसार विवरण अद्यावधिक गर्न सभापति थापासहित नवनिर्वाचित पदाधिकारीहरूले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएका थिए।

यसैबीच, पूर्णबहादुर खड्का पक्षका नेताहरूले भने शुक्रबार बिहान आयोगमा छुट्टै निवेदन दर्ता गर्दै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए। दुवै पक्षको दाबी आएपछि आयोगले सम्बन्धित नवनिर्वाचित पदाधिकारीहरूलाई आयोगमा उपस्थित गराएको थियो।

सबै प्रक्रिया पूरा गरेपछि आयोगले गगन थापा नेतृत्वको पक्षलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता दिएको हो। आयोगको निर्णयसँगै अब कांग्रेसको चुनाव चिह्न रुख तथा चारतारे झण्डा पनि गगन थापा पक्षकै रहने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं