Lite Nepal

शनिबार, माघ ०३, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो ।

प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवार मनोनयन हुने भएकाले समयमै निर्णय गर्न बैठक राखिएको हो ।

एमालेका जिल्ला, क्षेत्रीय र प्रदेश कमिटीले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ नेताको नाम सर्वसम्मत सिफारिस भएको जनाइएको छ । हालसम्म कुनै दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय भएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नका उम्मेदवार उठाउने जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनको मतदान २१ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा