Lite Nepal

शनिबार, माघ ०३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राजीनामा दिने अन्तिम तयारी गरेका छन् ।

उनीनिकट स्रोतका अनुुसार, सम्भवतः आज राति वा भोलिसम्ममा बालेनले मेयर पदबाट राजीनामा दिन लागेका हुन् ।

फागुन २१ गतेको निर्वाचनको उमेदवारी दर्ताका लागि बालेनले माघ ६ गतेअघि नै राजीनामा दिनुपर्नेछ ।

बालेन राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा (रास्वपा)को केन्द्रीय कार्यालयमा पुग्ने कार्यक्रम छ ।

त्यसपछि माघ ५ गते जनकपुरमा हुने रास्वपाको पहिलो चुनावी घोषणासभामा सभापति रवि लामिछाने र बालेन एउटै मञ्चमा देखिनेछन् ।

बालेनले झापा ५ बाट उमेदवारी दर्ता गर्ने तयारी गरेका छन् । यसका लागि उनका सहायक स्वकीय सचिव नवीन भण्डारीको टोली सम्पर्क कार्यालय व्यवस्थापनमा जुटेको छ ।

बालेनले राजीनामा दिएपछि काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले सम्हाल्नेछिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं