Lite Nepal

शनिबार, माघ ०३, २०८२

काठमाडाैं । नेपाली कांग्रेसको हालको अवस्थालाई लिएर नेकपा एमालेका नेताहरूले चासो व्यक्त गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापा पक्षले नयाँ नेतृत्व चयन गरेसँगै कांग्रेस विभाजित भएको छ । निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएसँगै यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने विश्लेषण गरिएको छ ।

कांग्रेसको हालको स्थितिबारे एमाले उपमहासचिव योगेशकुमार भट्टराईले विभाजनसम्बन्धी विवादलाई कानूनी र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्न सकिने बताए । उनले अदालत जान सबै खुला रहेको र अदालतमा आफूलाई ठिक नलागेपछि उजुरी लिएर जान सकिने बताए ।

उनले भने, ‘अदालत जान त जसलाई पनि खुला छ नि । अदालत त्यसकै लागि त गठन गरिएको हो । कोही आए भने उजुरी लिएर कानूसम्मत छ कि छैन, संविधानसम्मत छ कि छैन भनेर जाने न हो ।’

यता, एमाले उपाध्यक्ष रघुजी पन्तले कांग्रेसको यो फुटलाई देश, जनता र लोकतन्त्रका लागि नकारात्मक भएको बताएका छन् । देश जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा काँग्रेस फुट्नु सुखद् कुरा नभएको उनको भनाइ छ । उनले भने, ‘देश जनता र लोकतन्त्रको लागि अहिलेको अवस्थामा कांग्रेस फुट्नु सुखद् कुरा होइन ।’

निर्वाचन आयोगले शुक्रवार गगन थापा पक्षलाई पार्टीको आधिकारिकता प्रमाणित गरेको छ । तर संस्थापन पक्षले भने निर्वाचन आयोगले एकलौटी रुपमा निर्णय गरेको र आफूहरु सर्वोच्च अदालतमा उजुरी लिएर जाने बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा