Lite Nepal

आइतबार, माघ ०४, २०८२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज पहिलोपटक पार्टी कार्यालय च:मति जाँदै छन् । उनको सचिवालयका अनुसार उनी दिउँसो १ बजे घण्टीघर पुग्ने छन् ।

१३ पुसमा रास्वपा प्रवेश गरेका शाह यसअघि ललितपुरको ज्वागलबाटै पार्टी गतिविधिमा सक्रिय थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगर प्रमुखमा विजयी बनेका शाहले आजै राजीनामा दिने तयारी गरेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

पार्टी कार्यालयमा पहिलोपटक आउने भएपछि उनका लागि स्वागत गर्न कार्यालयमा विशेष तयारी गरिएको छ । शाहका लागि च:मतिस्थित पार्टी कार्यालयमा छुट्टै विशेष कार्यकक्ष तयार परिएको छ । शनिबार राति अबेरसम्म उक्त कार्यकक्ष तयार पारिएको थियो ।

बालेन र सभापति रवि लामिछानेले छोटो सम्बोधन गर्ने तालिका छ । त्यस्तै, उनीहरू दुवै आजै जनकपुर प्रस्थान गर्ने छन् ।

जनकपुरमा सोमबार रास्वपाले विशेषसभाको आयोजना गरेको छ । बालेनसमेत सहभागी हुने उक्त सभालाई रास्वपाले मधेश केन्द्रित विशेष अभियान ठानेर चुनावी महाअभियानमा होमिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं