Lite Nepal

आइतबार, माघ ०४, २०८२

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले चुनावको टिकटबारे पार्टीबाट भएको निर्णय सुनेर विचलित नहुन कार्यकर्तालाई अनुरोध गरेका छन् ।

भट्टराईले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुँन अनुरोध गर्दछु ।’

एमाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि उम्मेदवारलाई टिकट वितरण अन्तिम चरणमा पुर्‍याएको छ । शनिबार बसेको सचिवालय बैठकले १४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ भने अन्यमा बाँकी छ । बाँकी रहनेमा गत निर्वाचनमा भट्टराई विजयी भएको निर्वाचन क्षेत्र पनि रहेको छ ।

एमालेका अन्य नेताहरूले टिकट पाए पनि भट्टराई ‘होल्ड’मा परेका छन् । पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष ओलीको प्यानलविरुद्ध लडेका भट्टराईलाई ओलीले चुनावको टिकट नदिने संकेत गरेका छन् ।

यद्यपि, भट्टराईले यात्रा लामो र गौरवपूर्ण रहेको जनाउँदै विचलित नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । साथै उनले अझ उच्च मनोबल र एकताका साथ एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नाो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं