Lite Nepal

आइतबार, माघ ०४, २०८२

ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई दुई पटक निर्वाचित ताप्लेजुङमा यस पटक क्षितिज थेवेले टिकट पाएका छन् ।

राष्ट्रिय युवा संघका अध्यक्षसमेत रहेका थेवे आइतबार टिकट बोकेर ताप्लेजुङतर्फ लागेको एमाले जिल्ला कमिटी ताप्लेजुङका सचिव एवं प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए । जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमुले पनि थेवेले टिकट पाएको पुष्टि गरे । पोमुले भिडियो सन्देश जारी गर्दै थेवेलाई जिताउन पनि अपिल गरेका छन् ।

यसअघि एमालेले सार्वजनिक गरेको नाममा ताप्लेजुङ खाली राखिएको थियो ।

काठमाडौंमा उपचार तथा आराम गरिरहेका जिल्ला कमिटी अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फेलाई आफूले टिकट पाएको जानकारी गराउँदै थेवेले मनोनयन दर्ता र चुनावी अभियानका लागि जिल्ला हिँडेको जानकारी गराएका थिए ।

सिरिजङ्गा गाउँपालिका-१ सिनाम घर भएका थेवे निवर्तमान सांसद उर्मिला थेवे र संविधानसभा सदस्य भूपेन्द्र थेवेका कान्छा छोरा हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलिका विश्वासपात्र हुन् ।

जिल्ला कमिटीको बैठकले उपमहासचिव भट्टराई, थेवे र कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोको नाम सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं