Lite Nepal

बिहिबार, माघ ०८, २०८२

काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) आज ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनका लागि जाने भएका छन् ।

चुनाव प्रचार प्रसारका लागि कोशीका विभिन्न जिल्ला डुल्ने क्रममा रहेका उनले पाथीभराको दर्शन गर्ने र ताप्लेजुङका नेता कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेको रास्वपा ताप्लेजुङका उपाध्यक्ष दावा शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार बालेनले पहिले सदरमुकाम फुङलिङमा रास्वपाका नेता कार्यकर्तासँग आन्तरिक छलफल गर्ने र आजै पाथीभरा तर्फ जाने कार्यक्रम छ । ‘उहाँ (बालेन) कतिखेर आइपुग्नुहुन्छ टुंगो भएन, पहिले हाम्रो पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेटघाट र छलफल हुन्छ । अनि, पाथीभरा तर्फ जानुहुन्छ,’ उपाध्यक्ष शेर्पाले लाइट नेपालसँग भने, ‘आज उहाँ सम्भवत माथिल्लो फेदी पुगेर भोली विहान पाथीभराका दर्शन गर्नुहुनेछ ।’

उम्मेदवारी दर्ता गर्न माघ ४ गते जनकपुर पुगेका बालेन ६ गते बिहान झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए ।

उम्मेदवारी दर्ता गरेपछि माघ ७ गते दिनभर झापामै बसेर चुनावी गतिविधिमा सक्रिय रहेका शाह माघ ८ गतेबाट पाँचथर, तेह्रथुम लगायतका जिल्लामा चुनावी प्रचार प्रसारमा जाने शाहलाई सहयोग गर्दै आएका यज्ञमणि न्यौपानेले जानकारी दिए । न्यौपाने आफैँ पनि मोरङ–१ बाट रास्वपाको उम्मेदवार छन् ।

‘आज इलाम हुँदै पाँचथर, तेह्रथुम र ताप्लेजुङ जानुहुन्छ’, न्यौपानेले भने, ‘फर्केर झापा बस्नुहुन्छ । त्यसपछि धनकुटा भोजपुर सम्म जाने कार्यक्रम छ । यसो गर्दा उहाँको बसाई कोशीमा अझै एक साता हुने भएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं