Lite Nepal

बिहिबार, माघ १५, २०८२

काठमाडौं । नेकपा (एमाले)बाट ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका एमाले नेता क्षितिज थेबेले काठमाडौंमा रहेका ताप्लेजुङवासीसँग भेटघाट गर्ने भएका छन् ।

भोली (माघ १६ गते शुक्रबार) काठमाडौंको धुम्बाराहीमा रहेको सूर्य पार्टी प्यालेसमा विषेश कार्यक्रमको आयोजना गर्दै जिल्लावासीसँग साक्षात्कार र संवादका लागि भेटघाट गर्ने तयारी गरेको नेता थेबेले लाइट नेपाललाई बताए ।

‘काठमाडौंमा रहनुभएका सम्पूर्ण ताप्लेजुङवासी आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी साथै प्रिय मित्रहरूलाई मैले निमन्त्रण गरेको छु,’ थेबेले भने, ‘आसन्न प्रतिनिधिसभा निर्वाचनको विषयमा उहाँहरूसँग साक्षात्कार र संवाद गर्नेछु ।’

ताप्लेजुङमा मतदाता नामावली भएर पनि विभिन्न व्यवसाय, जागिर र अन्य कारणले काठमाडौंमा तीन हजार बढी ताप्लेजुङका नागरिक रहेका छन् । उनीहरूले गर्ने मतदान नै कुनै पनि उम्मेदवारका लागि हार–जीतको प्रमुख कारण हुने भएकाले काठमाडौंमा हुने ताप्लेजुङेहरूको कार्यक्रमलाई नेता तथा उम्मेदवारले महत्वकासाथ हेर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं