Lite Nepal

शुक्रबार, माघ १६, २०८२

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष क्षितिज थेबेले आज संगठनको नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेका छन् ।

एमालेबाट ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थेबेले नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् । यसअघि पोखरामा सम्पन्न महाधिवेशनमै भएको भद्र सहमति अनुसार अध्यक्ष थेबेले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षको जिम्मेवारी सुम्पन लागेका हुन् ।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा युवा संघको आयोजनामा केन्द्रीय युवा परिषद्को पहिलो बैठक बस्दैछ । सोही बैठकमार्फत पोखरामा सम्पन्न महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरेका उपाध्यक्ष गुरुङ अध्यक्ष बन्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं