Lite Nepal

आइतबार, माघ १८, २०८२

चितवन । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरु स्थायी नहुने बताएका छन् । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने बताएका हुन् ।

उपमहासचिव भट्टराईले भने “दुनियाका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेको, जमिनमा टेकेका दलहरुले नै त्यो देश थाम्ने हो । कुनै खास एजेन्डा र हुईममा बनेका दलहरु स्थायी हुँदैनन् ।” यिनीहरुले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने भन्दै उनले थपे “राजनीतिक दल भनेको राष्ट्रका खम्बाहरु हुन् । त्यो खम्बा कमजोर हुनु हुँदैन ।” अहिले नेपालमा नक्कली मानिसहरु देखा परेर पपुलिजमको आधारमा नक्कली पार्टी खडा गरेको बताए ।

राजनीतिक दल र नेतृत्व जनतासँग संवाद गर्ने हुनुपर्ने भन्दै उनले जनताले सुनिने र देखिने हुनुपर्ने बताए । उनले भने “राजनीतिक दल र नेतृत्व जनताको पहुँचमा हुनुपर्छ । जनताले छुन, हेर्न र आलोचना गर्न सक्ने र जनताको विरोध र आलोचना सहन सक्ने हुनुपर्छ ।” जनताले नदेखेको छुन पनि नपाएको र प्रश्न पनि गर्न नपाएको नेतृत्व अहिले आईरहेको उनको भनाई छ ।

यो राष्ट्रको भविष्यसँग जोडिएको विषय भएकाले आम जनतालाई आवेग र उत्तेजनामा आएर वा पपुलिजमको भरमा नभई ठण्डा दिमागले सोचेर आगामी ५०–१०० वर्ष देश कसरी अगाडि जान सक्छ भन्ने सोचेर मतदान गरी विश्वासिलो नेतृत्व चयन गर्न उनले अपिल गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा