काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटेका छन्। आइतबार सरकारी वकिलको कार्यालय काठमाडौँले प्रसाईँलाई हाजिर जमानीमा छाडेको साइबर ब्युरो जनाएको छ ।
साइबर ब्युरोमा निर्वाचन आयोगको उजुरी परेपछि प्रसाईँलाई शुक्रबार पक्राउ गरिएको थियो।
उनीमाथि निर्वाचन बिथोल्ने प्रयास गरी आचारसंहिताको उल्लंघन गरेको र विद्युतीय कारोबार ऐन, २०७४ को दफा ४७ अन्तर्गत अनुसन्धान गर्न पक्राउ गरेको थियो।
