Lite Nepal

मंगलबार, माघ २७, २०८२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को आज चुनाव लक्षित कार्यक्रम रहेको छ । केही दिन आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा रहेका बालेन आज मधेश केन्द्रित कार्यक्रम तय भएको छ ।

रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारेपछि देश दौडाहामा केन्द्रित छन् ।

उनी सप्तरी जिल्लाका पार्टीका उम्मेदवारदेखि मतदातासँग भेटघाटमा छन् । मधेशका अधिकांश जिल्ला दौडाहा गर्दै आज बेलुका बर्दिबास पुग्ने उनको कार्यक्रम छ । बालेन पहिलो सम्बोधन गर्न जनकपुर पुगेर गरेका थिए।

फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गरेर रास्वपा सभापति रवि लामिछाने र नेता साह सँगै चुनावी अभियानमा जाने तयारीमा छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं