Lite Nepal

आइतबार, फाल्गुण २४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको अध्ययनपछि मन्त्रिपरिषदमा पेश गरिने बताएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन ग्रहण गर्दै उनले उक्त दस्ताबेजको अध्ययन आफू र गृहमन्त्रीले संयुक्त रूपमा गर्ने र त्यसपछि मन्त्रिपरिषदमा प्रस्तुत गरिने जानकारी दिएकी हुन्।

अध्ययनपछि आवश्यक निर्णय तथा कार्यान्वयनसम्बन्धी प्रक्रिया अघि बढाइने उनले उल्लेख गरिन्। गत भदौ २३ र २४ गते भएका जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाक्रमको छानबिन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाएको हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले घटनासम्बन्धी तथ्य, क्षति तथा सुधारका सिफारिसहरू समेटेर प्रतिवेदन तयार गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं