Lite Nepal

सोमबार, फाल्गुण २५, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा छ हजारभन्दा बढी मत बदर भएको छ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी छ हजार २५२ मत बदर भएको हो ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले सबै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मत बदर हुने क्रम नरोकिएको जनाएको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा दुई हजार ७३० र क्षेत्र नम्बर २ मा तीन हजार ५२२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।

क्षेत्र नम्बर १ अन्तर्गत एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १४९ मत खसेको थियो । त्यसमध्ये ६५ हजार ४१९ मत सदर भएको छ ।

क्षेत्र नम्बर २ अन्तर्गत ६६ हजार १०० मत खसेकामा ६२ हजार ५७९ मत सदर भएको छ । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको लम्सालको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा