Lite Nepal

शनिबार, फाल्गुण ३०, २०८२

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले भदौ २३-२४ का घटनासम्बन्धी कार्की आयोगले अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउने कुनै आधार नभएको बताएका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले आयोगको निष्कर्ष अस्वीकार गर्ने स्पष्ट संकेत दिएका छन्। उनले भने, “हाम्रो अध्यक्षलाई दोषी देखाउने कुरा सम्भव छैन। यदि देखाइएको छ भने त्यो पूर्वाग्रहपूर्ण छ र रिपोर्ट एकदम गम्भीर रूपमा प्रस्तुत गरिएको हो।”

बस्नेतले थपे, “अध्यक्षलाई दोषी देखाएको अवस्थामा मुलुक द्वन्द्वमा जान सक्छ। कुन किसिमको द्वन्द्व हुनेछ, जनताले प्रतिवाद गर्नेछन्।”

उनीले सरकारले गलत गतिविधि गर्न खोजे एमाले चुप लागेर नबस्ने पनि बताएका छन्। उनले उखानसहित चेतावनी दिँदै भने, “दुई तिहाइको नेतृत्व गर्न खोजेका साथीहरूको पहिलो कदममा ढुंगा पर्छ, हलुवामा बालुवा र कबाबमा हड्डी पर्छ भन्ने उखान छ। त्यस दिशातर्फ नजानु राम्रो हुनेछ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं