Lite Nepal

शनिबार, बैशाख ०५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको बैठकले सर्वोच्च अदालतको आदेश स्वीकार गर्ने निर्णय गरेको छ ।

शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको घरमा बसेको बैठकले विधिको शासन मान्ने नीति कांग्रेसको रहेकाले असन्तुष्टिका आधार हुँदाहुँदै पनि फैसला स्वीकार गर्ने निर्णय गरेको नेता मीन विश्वकर्माले बताए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्नेबारे छलफल भएको बताए । सबैको सुझावलाई सुनेर एउटा निष्कर्षमा पुग्ने पनि उनले बताए । साथै, अब पार्टीलाई कसरी बलियो बनाउने भन्ने कुरा सभापति गगन थापाको हातमा रहेको उनको भनाइ थियो ।

विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई नै मान्यता दिने सर्वोच्च अदालतको फैसलापछि देउवा पक्षीय नेताहरूको बैठक आज बसेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं