Lite Nepal

आइतबार, बैशाख ०६, २०८३

काठमाडौं । नेपाली कांग्रेसले सात प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरुलाई छलफलका लागि केन्द्रीय कार्यालय बोलाएको छ । सानेपामा दिउँसो १ बजे हुने छलफल प्रदेशका मन्त्रालय घटाउनेबारे केन्द्रित हुने एक नेताले जानकारी दिए ।

‘कांग्रेस नेतृत्वमा बनेका प्रदेश सरकारलाई प्रभावकारी बनाउने र कांग्रेसले नेतृत्व गरेका प्रदेशमा मन्त्रिपरिषद्को संख्या घटाउने लगायतका विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।

कांग्रेसले मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम गरी चार प्रदेशमा सरकारको नेतृत्व गरेको छ । प्रदेश मन्त्रिपरिषदको आकार ५ देखि ७ कायम गर्ने विषयमा कांग्रेसभित्र छलफल चल्दै आएको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका सरकारको कार्य प्रभावकारी बनाउन केन्द्रबाट संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं