Lite Nepal

आइतबार, बैशाख ०६, २०८३

काठमाडौं । सरकारले मन्त्रीहरूलाई छुट्टै आइफोन उपलब्ध गराउने भन्ने चर्चा निराधार भएको स्पष्ट पारेको छ। प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालयले यस्तो कुनै निर्णय नभएको बताउँदै सार्वजनिक रूपमा फैलिएको सूचना भ्रामक भएको जनाएको हो।

प्रधानमन्त्रीसँग समन्वयका लागि मन्त्रीहरूले सिंहदरबारमै प्रत्यक्ष छलफल गर्न सक्ने व्यवस्था रहेकाले छुट्टै फोन वा नम्बरको आवश्यकता नरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले बताए। उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूबीच सम्पर्कका लागि विशेष फोन सेट वा नम्बर वितरण गरिएको भन्ने दाबी तथ्यहीन हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि मन्त्रीहरूका लागि गोप्य सञ्चार च्यानल बनाउने कुनै निर्णय नभएको जानकारी दिए। परराष्ट्रमन्त्री शिशिर खनालले अतिरिक्त फोन र सिम वितरण गरिएको खबर अफवाह मात्र भएको बताएका छन्।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रीहरूले आफ्नै मोबाइल प्रयोग गरिरहेको स्पष्ट पार्दै सरकारी स्रोतबाट नयाँ फोन उपलब्ध गराउने कुनै योजना नरहेको बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले पनि प्रधानमन्त्रीसँग हालकै नम्बरमार्फत सम्पर्क भइरहेको र छुट्टै फोनको आवश्यकता नरहेको बताएका छन्।

यसरी मन्त्रीहरूलाई विशेष रूपमा आइफोन वितरण गरिने भन्ने प्रचारलाई सरकारले पूर्ण रूपमा अस्वीकार गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं