Lite Nepal

मंगलबार, जेठ ०५, २०८३

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा रु. तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व संकलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो ।

कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु. चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र रु. ४२ करोड ८५ लाख ६३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र संकलन भएको उनले जानकारी दिए ।

कार्यालयका तथ्यांकअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट रु. एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्य अभिवृद्धि करबाट रु. एक अर्ब २८ करोड ८० लाख १० हजार तथा अन्त:शुल्कबाट रु. ४९ करोड ९७ लाख ३२ हजार राजस्व संकलन भएको छ । कार्यालयले करदाता सचेतना, नियमित अनुगमन तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व संकलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं