समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक (नामसहित)

परिवार र आफन्तका नाममा लुकाइएको सम्पत्तिबारे सूचना माग

Lite Nepal

बुधबार, जेठ २०, २०८३

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूले लुकाएको सम्पत्ति बारे सूचना माग गरेको छ ।

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले उनीहरूका परिवार, आफन्त तथा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भएमा सूचना दिन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’
साथै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूले सम्बन्धित सहकारी संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

अन्यथा कानुन बमोजिम हुने सूचनामा उल्लेख गरिएको छ । यस्तै समितिले सार्वजनिक विवरणमा फरक पर्न गएको वा अद्यावधिक नभएको भएमा समितिको कार्यालयमा सम्पर्क गर्न समेत भनेको छ ।

२३ समस्याग्रस्त सहकारी सञ्चालकहरूको विवरण यस्तो छ:

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं