Lite Nepal

बिहिबार, साउन १४, २०८३

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लाग्दा चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढी हो । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ४३ हजार ४८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १० ग्राम सुन २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १० रुपैयाँले कम हो । बुधबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं