Lite Nepal

बिहिबार, साउन १४, २०८३

मोरङ । नेपाल प्रहरीले भरुवा बन्दुक र अवैध लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

सुन्दरहरैंचा नगरपालिका–१० मुनालझोडा बस्ने ५६ वर्षीय बल बहादुर राईलाई भरुवा बन्दुक १ थान र अवैध लागू औषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक र गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

हाल उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं