सिरहा । सिरहामा पनि कर्फ्यू आदेश जारी गरिएको छ । सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन हुन थालेपछि कर्फ्यू जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, सिरहाले बिहीबार दिउँसो २ बजदेखि अर्को आदेश नभएसम्मका लागि क्षेत्र तोकेर कर्फ्यू जारी गरिएको सूचनामा उल्लेख छ ।
सिरहाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौक, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चौकदेखि दक्षितर्फ गोलबजार नगरपालिका–४ को राप्र बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यू जारी गरिएको जनाइएको हो।