सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको छ ।
झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ चेतराज बरालले जानकारी दिए ।
अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
थप विवरण भने आउन बाँकी छ । सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।