Lite Nepal

बिहिबार, साउन १४, २०८३

विराटनगर । विराटनगरमा शुक्रबार सद्भाव र्‍याली आयोजना गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित मोरङ उद्योग व्यापार संघको हलमा आयोजना गरेको सर्वदलीय बैठकले सदियौंदेखि हिन्दु र मुस्लिम समुदायबीचको सामाजिक एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउने कार्य निन्दनीय भएको निष्कर्ष निकाल्दै शुक्रवार सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा उपस्थित सहभागिहरुले सामाजिक र धार्मिक सद्भाव कायम गराउन तथा शान्ति सुरक्षालाई थप मजबुत बनाउन सुरक्षा निकायहरुलाई सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सो सवदलिय बैठकले सामाजिक र धार्मिक सद्भाव कायम गराउन शुक्रवार सद्भाव र्‍याली आयोजना गरिने र त्यसमा सबैको सहभागिता रहने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

सवदलीय बैठकमा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरु, धार्मिक संघ संगठनका प्रतिनिधिहरु र उद्योगी व्यवसायी र युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले जिल्ला प्रशासन कार्यालय मोरङले मठ, मन्दिर, मस्जिद र अन्य ठाँउमा राखिएका माइक, लाउडस्पिकर बाहिर बजाउन निषेध गरिएको निर्णयको स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं