Lite Nepal

शुक्रबार, साउन १५, २०८३

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो ।

मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको छुर्पी निर्यात भएको थियो ।

उक्त कार्यालयका सूचना अधिकारी माङ्कल राईका बितेका पाँच वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढिरहेको छ ।

छुर्पी कुकुर र बिरालोका लागि आहारका रूपमा प्रयोग हुने गरेको छ । विशेष गरी इलाम, पाँचथर र ताप्लेजुङमा छुर्पी उत्पादन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं