Lite Nepal

शनिबार, साउन १६, २०८३

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको छ । कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।

भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र संकलन भएको हो ।

आव २०८१/८२ मा पनि कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन । उक्त वर्ष रु ३३ करोड १३ लाख ७३ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु २० करोड ८६ लाख ६९ हजार ६३१ मात्र संकलन भएको थियो ।

सूचना अधिकारी लामाका अनुसार भद्रपुर नाकाबाट हाल निर्यात नहुँदा राजस्व संकलन कम भएको हो । यस नाकाबाट विशेषगरी सुर्तीजन्य पदार्थको आयात बढी हुने गरेको उनले बताए । झापाको निर्यात व्यापारको ठूलो हिस्सा भने मेची भन्सार कार्यालयमार्फत हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं