Lite Nepal

सोमबार, साउन १८, २०८३

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य समायोजन गरेको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ। त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ। आन्तरिक हवाई इन्धनको मूल्य भने प्रतिलिटर २० रुपैयाँले बढाइएको निगमले जनाएको छ।

निगमका अनुसार एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ। नयाँ मूल्यसूची आइतबार रातिदेखि देशभर लागू हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं