विराटनगर । मोरङ प्रहरीले प्रकाश मुन्दडाको घरमा खानतलासी गर्दा अवैध सामान केही फेला नपरेको जनाएको छ । तर, आवश्यक अनुसन्धान भने नरोकिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
मुन्दडाको निवास र कार्यालयमा सोमबार विहान प्रहरीले करिब ५ घण्टा छापा मारेको थियो ।
घरमा गैरकानुनी चिजवस्तुहरु लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीको माथिल्लो निकायकै निर्देशनमा मोरङ प्रहरीले मुन्दडाको घर र कार्यालय खानतलासी गरेको बताईएको छ ।
