Lite Nepal

सोमबार, साउन १८, २०८३

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार भएको सवारी दुर्घटनामा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ११:४५ बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बाप्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङ हुँदै खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग, यान्त्रिक कार्यालय मुल्कोटअन्तर्गत मध्यपहाडी लोकमार्गमा प्रयोग भइरहेको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

घटनामा कार चालक सिन्धुपाल्चोक निवासी अन्दाजी ३९ वर्षीय दिलकुमार लामा, स्काईभेटर चालक सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ निवासी धुर्व थापाका अन्दाजी २७:२८ वर्षीय छोरा गणेश थापा तथा परिचय खुल्न बाँकी एक जना हेल्पर नदीमा बेपत्ता भएका छन्।

बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका-६ निवासी २६ वर्षीय हेमबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

बेपत्ता तीनै जनाको खोजीका लागि प्रहरीसहित उद्धार टोली परिचालन गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं