Lite Nepal

सोमबार, साउन १८, २०८३

विराटनगर । विराटनगरमा सोमबार विहान प्रहरीले एक उद्योगीको कार्यालय र घरमा छापा मारेको प्रति नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले आपत्ती जनाएको छ ।

उद्योगी–व्यवसायीमाथि कमजोर सूचनाका आधारमा छापा मार्ने, सार्वजनिक रूपमा बदनाम गर्ने र लगानीकर्तालाई आतंकित बनाउने शैलीले निजी क्षेत्रको मनोबल घट्ने सीउनआई विज्ञप्तिमार्फत जनाएको हो । यस्ता गतिविधिले लगानी वातावरण थप कमजोर बनाउने परिसंद्धले चेतावनी पनि दिएको छ ।

परिसंघका अध्यक्ष पवनकुमार सारडाले कुनै पनि नागरिक वा संस्थामाथि कानुनबमोजिम अनुसन्धान गर्ने अधिकार राज्यलाई भए पनि त्यसको प्रयोग गर्दा संविधानले प्रत्याभूत गरेका मौलिक हक, गोपनीयताको अधिकार, मानवीय मर्यादा र सम्मानको पूर्ण संरक्षण हुनुपर्ने उल्लेख गरेका छन् ।

विराटनगरस्थित देवनरा ग्रुपका उद्योगी तथा परिसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाको निवास र कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरी करिब साढे पाँच घण्टा खानतलासी गरिएको घटनाप्रति विज्ञप्तिमा गम्भीर आपत्ति जनाइएको छ ।

बिहानै घर घेराबन्दी गरी परिवारका सदस्यलाई मानसिक दबाबमा राख्ने र पर्याप्त आधार सार्वजनिक नगरी गरिएको कारबाहीले सम्पूर्ण उद्योगी–व्यवसायी समुदायको मनोबलमा नकारात्मक असर परेको परिसंघको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं