Lite Nepal

मंगलबार, साउन १९, २०८३

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबिच सिंहदरवारमा भेटवार्ता भएको छ। आज बिहान ११ बजे प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए। तर, सो भेटबार्ता छोटो समयका लागि मात्रै भएको थियो । सो भेटपछि प्रधानमन्त्री शाहले सुदूरपश्चिमका सांसदहरूसँग सामुहिक छलफल गरेका छन् ।

पछिल्लो समय देशको तराई क्षेत्रमा दुई समुदायबीच विवाद देखिएको, गोकर्णेश्वरमा नेपाली सेनाको ब्यारेक रहेको स्थान भत्काउन प्रधानमन्त्री शाह निकट सांसद राजुनाथ पाण्डे आफैँ फिल्डमा गएको तथा प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देल बीच बढदो दूरी कायम रहेको बेला यो भेटघाट भएको हो, जुन अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबार पुगे पनि के विषयमा छलफल भयो भन्ने विषयमा जानकारी बाहिर आएको छैन । तर, प्रधानमन्त्री शाह निकट सांसद पाण्डेले नेपाली सेनाको जवान माथी दुर्ब्यबहार गरेको भन्दै सेनापतिले असन्तोष जनाएको बुझिएको छ ।

माकलबारीतर्फबाट गोकर्णेश्वर मन्दिरतर्फ जाने ठाउँमा जंगलका कारण विस्तार हुन नसकेको ठाउँमा सोमबार काठमाडौं(३ का सांसद पाण्डेसहितका जनप्रतिनिधिको उपस्थितिमा सडक विस्तार गर्दा विवाद भएको थियो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण फरेष्ट रिटोर्स जंगलको पर्खाल भत्काएर सडक विस्तार गर्दा नेपाली सेना प्रतिनिधिले असहमति जनाएका थिए। गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्र छ ।

सांसद पाण्डेले आफूले प्रधानमन्त्री शाहसँग कुरा गरेरै काम गर्न लागेको हुँदा जनताको सुविधाका लागि सडक खोल्दा फरक नपर्ने जवाफ दिएको भिडियो यतिखेर सामाजिक सञ्जालमा छरपस्ट देखिन्छ।

सो अघि गत साता राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री शाह र प्रधान सेनापति सिग्देलबीच औपचारिक भेटबार्ता भएको थियो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच नियमित भेटघाट भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं