Lite Nepal

मंगलबार, साउन १९, २०८३

विराटनगर। विराटनगरका प्रतिष्ठित उद्योगी एवं व्यवसायी प्रकाश मुन्दडाको घरमा अपुष्ट सूचनाको आधारमा छापा मारेको घटनालाई लिएर कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग लिखित स्पष्टीकरण सोधेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापाले पत्र काट्दै एसपी कटवाललाई २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
तोकिएको समयभित्र सन्तोषजनक जवाफ नआएमा प्रहरी ऐन र नियमावलीबमोजिम विभागीय कारबाही गरिने चेतावनी पत्रमा दिइएको छ।

विशेष सूचना पाएको भन्दै मोरङ प्रहरीले सोमबार बिहान करिब ४ बजे नै विराटनगर महानगरपालिका–७ गोश्वारा रोडस्थित मुन्दडा निवासमा छापा मारेको थियो।

ठूलो संख्यामा प्रहरी परिचालन गरी मुन्दडाको घर मात्र नभएर आसपासको राजमार्ग र गोल्छा मोडतर्फ जाने सडकसमेत सिल गरेर करिब साढे पाँच घण्टासम्म खानतलासी गरिएको थियो।

तर, लामो समयको खोजतलासका बाबजुद प्रहरीले कुनै पनि नगद, अवैध सामग्री फेला पार्न सकेन र रित्तो हात फर्कियो।

किन सोधियो स्पष्टीकरण?
अपुष्ट र अविश्वसनीय सूचनाको भरमा उद्योगीको घर घेराउ गरी आतङ्क सिर्जना गरेको भन्दै उद्योगी व्यवसायीहरूले प्रहरीको कार्यशैलीप्रति तीव्र आक्रोश र प्रश्न उठाएका थिए।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्राप्त सूचना, उपलब्ध विवरण र प्रारम्भिक तथ्यहरूको अध्ययन गर्दा उक्त छापा मार्ने कार्यको वैधानिकता, औचित्य र निर्णय प्रक्रियामा गम्भीर कानुनी त्रुटिहरू देखिएका छन्।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं