Lite Nepal

बिहिबार, साउन २१, २०८३

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी भएको छ । आज बिहान साढे ५ बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ट्यांकरमा आगलागी भएको हो ।

बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्यांकर मृग बचाउने क्रममा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिँदा आगलागी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं