Lite Nepal

बिहिबार, साउन २१, २०८३

जनकपुरधाम । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार खोलाले बगाउँदा बर्दिबास नगरपालिका–५ निवासी ६२ वर्षीय टंकबहादुर बस्नेतको मृत्यु भएको हो ।

खोला छेउको खेतमा पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि बुधबार साँझ मोटर निकाल्न खोलातर्फ जाने क्रममा बाढीले एक्कासि बगाउँदा बस्नेत बेपत्ता भएका थिए ।

खोजी गर्ने क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा बस्नेतको शव फेला परेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं