काठमाडौं । सप्तकोशी नदीमा बाढी आएको छ ।
पहाडी क्षेत्रमा निरन्तरको वर्षाले नदीमा बाढी आएपछि ब्यारेजका २८ वटा ढोका खोलिएको हो ।
बिहीबार मध्याह्न १२ बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख नौ हजार ५१० क्युसेक पुगेको छ ।
अहिले ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ ।