विराटनगर । धर्मदेवी नगरपालिका–७ स्थित पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
गाडेको ढुङ्गा–अमरुवा–बिहिबारे हुँदै याक्खा चौक सडक खण्ड अन्तर्गत आँखिभूई स्वास्थ्य चौकी नजिक बिहीबार पहिरो जाँदा बाटो अवरुद्ध भएको स्थानीयले जनकारी दिएको छ ।
निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको सम्बन्धित निकायले जनाएको छ ।
सडक अवरुद्ध भएपछि उक्त मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
सम्बन्धित निकायका अनुसार मौसममा सुधार नआएसम्म पहिरो खस्ने जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।
