Lite Nepal

बिहिबार, साउन २१, २०८३

ताप्लेजुङ । अब तपाईँले चाहनुभएको खण्डमा ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रसाद आफ्नै घरमा पाउनुहुने छ ।

पाथीभरा माताको दर्शन गर्न पुग्न नभ्याउने वा नसक्ने तथा माताको प्रसाद खोजिरहनु भएको छ भने तपाईँको घर आँगनमा नै हुलाकले ल्याउने छ ।

सर्वसाधारणको माग अनुसार घरसम्मै प्रसाद पुर्याउन जिल्ला हुलाक कार्यालय र पाथीभरा क्षेत्र विकास समितिबीच सम्झौता भएको छ ।

जिल्ला हुलाक कार्यालय ताप्लेजुङका निमित्त हुलाक अधिकृत हेमराज पाण्डे र पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौता भएसँगै अब देश तथा विदेशमा रहेका भक्तजनहरूले समितिको कार्यालयमा सम्पर्क गरी आफ्नो ठेगाना उपलब्ध गराएमा पाथीभरा मन्दिरको प्रसाद तथा अन्य धार्मिक सामग्रीहरू हुलाकमार्फत घरैमा पठाउने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं